त्रिभुवन विमानस्थलको रनवेमा चिनियाँ जहाजले टर्न लिन नसकेपछि


न्युज अफ नेपाल, काठमाडौं ।

चीनको गोन्जाओ उडान भर्ने क्रममा चाइना साउथर्नको जहाज रनवेको टर्निङ पेडमा घुम्‍न नसकेपछि केहीबेर उडानमा समस्या देखिएको थियो । त्रिभुवन विमानस्थलका अनुसार टोबार मेशिनको सहयोगमा जहाजको अघिल्लो भाग फर्काएपछि मात्र उडान सफल भएको छ ।

जहाज सबा १ बजे चीनतर्फ उडिसकेको छ । जहाजले नर्थबाट साउथ उडान भर्ने गरेतापनि बिहीबार वर्षाका कारण साउथबाट नर्थ उड्ने क्रममा यस्तो समस्या देखिएको विमास्थल स्रोतले जनाएको छ ।

चिनियाँ नागरिकलाई स्वदेश फर्काउन काठमाडौँ आएको जहाजमा एक सय ८४ जना यात्रु सवार थिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।