लकडाउनको मौका छोपि निकुन्जमा चोरी सिकार



न्युज अफ नेपाल, रसुवा ।

लाङटाङ राष्ट्रिय निकुन्जमा लकडाउनको मौका छोपी चोरी सिकार बढेको छ । निकुन्जका वन प्राविधिक एवम रेन्जर रमेश बस्नेतका अनुसार लकडाउन भए यता निकुन्ज क्षेत्रभित्र आठ वटा अबैध गतिविधि भएका छन ।

लकडाउनमा फुर्सद हुने भएपछि निकुन्ज भित्र प्रवेश गरी काठ दाउरा संकलन गर्ने माछा मार्ने, वन्यजन्तुको अवैध सिकार गर्ने अवैध रुपमा पाहा संकलन गर्ने, वन्यजन्तु लाई पासो राख्ने यस्ता गतिविधीमा संलग्न ३७ जना लाई पक्राउ गरी निकुन्जले कारवाही गरेको छ ।

रेन्जर बस्नेतका अनुसार पक्राउ परेका केहीलाई नियमअनुसार जरिवाना र केहीलाई यस्ता गतिविधि पुन नगर्ने सर्तमा छोडिएको छ । २०३२ सालमा स्थापना भएको निकुन्जमा अवैध क्रियाकलाप बढ्न थालेपछि थप गस्ती बढाईएको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताउनु भयो ।

यस निकुन्ज क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डा लगाएत हिउ चितुवा कस्तुरी मृग रहेका छन भने एक हजार भन्दा बढी वनस्पति ५८ प्रजातिका पुतली माकुरा १० किसिमको, ११ प्रजातिको सरिसृप, ३० जातका माछा ४६ प्रजातिका स्तनधारी जनावर, दुई सय ५० भन्दा बढी पन्छी हरु पाइन्छ ।

लाङटाङ राष्ट्रिय निकुन्ज तिन जिल्लामा फैलिएको छ । रसुवा ५७ प्रतिशत नुवाकोट सात प्रतिशत र सिन्धुपाल्चोक ३६ प्रतिशत भू-भाग ओगटेको छ । शुस्मा राना प्रमुख संरक्षण अधिकृत भएर आइसकेपछि निकुन्ज क्षेत्रमा अलि कडिकडाउ भएपछि चोरी सिकार कम भएका छन ।

प्रतिक्रिया दिनुहोस्