कोरोना संक्रमित एक युवक निको भएपछि घर फर्किदै


न्युज अफ नेपाल, कैलाली ।

कोरोना संक्रमित कैलाली लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षीय राज विक डिस्चार्ज हुने भएका छन् ।

चैत २२ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएका उनको शनिबार पुन दुई पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । कोरोना संक्रमण नदेखिएपछि उनलाई डिस्चार्ज गर्न लागिएको चिकित्सकले जनाएका छन् । उनलाई भोलीसम्ममा डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

विक गत चैत ११ गते भारतको मुम्बईबाट घर फर्किएका थिए । घर फर्किएका उनी १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसनमा बसेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।