कालाबजारीया सुलभ अग्रवाल अझै १० दिन थुनामा बस्ने


दीपक रिजाल, काठमाडौँ ।

थर्मल गनको कालोबजारी गरेको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई आज म्याद थप गरेको छ ।

विभिन्न शक्ति केन्द्रले अग्रवाललाई छुटाउन प्रहरी प्रसासनलाई दवाव दिएपनि महानगरीय प्रहरी परिसर काठमाडौले उनीविरुद्ध थप १० दिन म्याद थप गरेको हो । ३ हजार पर्ने थर्मल गनलाई कुटनीतिक नियोगको सवारी साधन प्रयोग गरी अग्रवालले प्रहरीलाई नै उक्त गन बिक्रि गरेपछि उनलाई सामानसहित पक्राउ गरिएको थियो ।

अहिले केही प्रहरी उच्च अधिकारीले उनलाई आज नै जिल्ला प्रशासन कार्यालयमा बुझाउन प्रहरी परिसर काठमाडौलाई दवाव दिएको भएपनि प्रहरीले भने म्याद थपकालागि बबरमहल लगेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।