नेपाल प्रेस युनियनद्वारा राहत प्याकेज ल्याउन माग


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल प्रेस युनियनले एक  विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहत प्याकेज ल्याउन माग गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनले समस्यामा परेका राहतको विशेष प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेको हो।

लकडाउन अवधिका लागि श्रमजीवी पत्रकार र सञ्चारमाध्यमका लागि विशेष आर्थिक सहुलियतको खाँचो रहेको युनियनका अध्यक्ष बद्री सिग्देलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएकाे छ ।

उक्त विज्ञप्तीमार्फत राहत प्याकेजमा सञ्चारमाध्यमको नवीकरण शुल्क र करमा छुटलगायतका विषय पनि समावेश गर्न सरकारलाई सुझाइएकाे छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।