मास्क कालोबजारी गर्ने तीन समातिए 



काठमाडौं, (नेस)।

मानव स्वास्थ्यका लागि आवश्यक पर्ने सामानको कालोबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले मास्क, स्यानिटाइजरको कालोबजारी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले रुपेश रौनियार, पुरुषोत्तम अधिकारी र मिना घिमिरेलाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरूको साथबाट ११ हजार ४ सय ५५ थान मास्क, १ हजार ५ सय ५ बोटल स्यानिटाइजर बरामद गरेको हो।

प्रतिक्रिया दिनुहोस्