मापसे परीक्षण खुकुलो



काठमाडौं, (नेस) ।

मुलुकभर प्राणघातक भाइरस कोरोनाका कारण जनता त्रसित हुन थालेपछि ट्राफिक प्रहरीले रात्रिकालीन चेकिङलाई खुकुलो बनाउन थालेको छ।

मादक पदार्थ सेवन गरेको/नगरेको बारेमा चेकिङ गर्न ब्रेथलाइजर प्रयोगलाई केही समय स्थगित गर्ने र मादक पदार्थ सेवन गरेकाहरूलाई सावधानीपूर्वक चेक गरी अत्यधिक मदिरा सेवन गरेका व्यक्तिलाई मेडिकल चेक गर्न पठाउने रणनीति अपनाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले जानकारी दिनुभयो।

एसएसपी ढकालले भन्नुभयो– ‘जनताको सुरक्षामा खटिने ट्राफिक प्रहरीले सावधानीपूर्वक चेकजाँच गर्ने र सवारीसाधन ठीक अवस्थामा छ कि छैन त्यो चेक गर्ने कार्यलाई भने निरन्तरता दिनेछ।’ एउटा व्यक्तिको चेकका लागि एउटा मेसिन प्रयोग गर्न सक्ने अवस्थामा ट्राफिक प्रहरी नरहेकाले अहिले चेकजाँचलाई भने खुकुलो बनाएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्