मास्क र सेनेटाइजरको अभाव



शिक्षा पन्त, लमजुङ ।

 

बेसीशहरमा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पताललगायत मेडिकल तथा फार्मेसीमा मास्क र सेनेटाइजरको अभाव भएको पाइएको छ । बेसीशहर नगरपालिकाले स्वास्थ्यसंस्थाको बजार अनुगमनको क्रममा मास्क र सेनेटाइजरको अभाव भएको पाइएको हो ।

 

विश्वभर संक्रमण फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को जोखिम नेपालमा पनि रहेको र लमजुङमा पनि फैलन सक्ने भन्दै उपभोक्ताले धेरै खरिद गर्न थालेपछि अभाव भएको हो ।

 

अनुगमनका संयोजक एवं बेसीशहर नगरपालिका शाखा अधिकृत सुशीला श्रेष्ठका अनुसार कोरोना त्राससँगै जिल्लाको स्वास्थ्य संस्थामा असर परे/नपरेको बारे बुझ्न अनुगमन गरिएको हो । अनुगमनको क्रममा अधिकांश मेडिकलमा मास्क सकिएको अवस्था भेटिएको छ । सेनेटाइजर न्यून मात्रामा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्