विमान यात्रुको स्वास्थ्य परीक्षण



ताप्लेजुङ, (नेस)
सुकेटार विमानस्थलमा सोमबारदेखि हेल्पडेस्क स्थापना गरेर विमानमा सवार यात्रुको स्वास्थ्य परीक्षण शुरू भएको छ।
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रणबाट सचेत हुनका लागि हेल्पडेस्क स्थापना गरी स्वास्थ्य परीक्षण शुरु गरेको हो । फुङलिङ नगरपलिकाको शहरी स्वास्थ्य केन्द्रमार्फत सुुकेटार विमानस्थलमा सञ्चलन हुने गरी हेल्पडेस्क स्थापना गरी यात्रुको स्वास्थ्य परीक्षण शुरु गरेको हो।

प्रतिक्रिया दिनुहोस्