खानैका लागि विद्यालय जान्छन् चेपाङ बालबालिका



नेपाल समाचारपत्र, धादिङ,

दक्षिणी धादिङको बेनिघाटरोराङ–२ सिमथलीस्थित प्रजा आधारभूत विद्यालयका चेपाङ बालबालिका विदालयय जाँदा भोकै जान्छन् न्दा पत्यार नलाग्न सक्छ तर, यो वास्तविकता वषौँंदेखि चलिरहेको छ ।

कक्षा २ मा अध्यायनरत सेविका चेपाङ ७ वर्षको हुनुभयो । घरमा खानेकुरा नभएकले बिहान उहाँ खाना नखार्इ विद्यालय पुग्नुहुन्छ । जब विद्यालय आउनुहुन्छ । यताउता हेरिीहने बानी छ । कहिलेकाहीँ मात्र बिहानको खाना खाएर आउने भएकाले धेरैजसो भोकै आएपछि खाजा बनाउने ठाउँतिर एक टकले हेरेपछि कक्षातिर पुग्ने गर्नुहुन्छ ।

 

निन्याउरो अनुहारमा कक्षा बस्ने भएकाले कतिखेर खाजा खान पाइन्छ भनेर उनीहरु झ्यालतिर हेरेर बसेको टिठलाग्दो दृश्य देखिन्छ ।
कक्षा २ मा अध्यायन गर्ने अनिशा चेपाङ पनि खाली खुट्टा विद्यालय आउनुहुन्छ ।

 

विद्यालय पोशाक लगाएको देखिएकै छैन। आमाबुबा ज्याम िगर्न जान्छन् । बिहान निस्कने आमाबुबाले बेलुका घरमा खानेकुरा ल्याए भने उनीहरुले खाना खान पाउँछन् अन्यथा बेलुका पानी खाएर भोकै बस्नु उहनीहरुको बाध्यता हो ।

 

कक्षा ४ मा अध्यायनरत १० वर्षीय सुजन चेपाङ पुरानो कपडा लगाएर विद्यालय आउँछन् । खाना खाने तर, कहिलेकाहीं बेलुका मात्र हो । ज्याला गरेर किनेको चप्पलसमेत फाटेको छ ।

 

विद्यालय आउँदा लाज हुने भएपछि उनी बिदाको दिन ज्याला गरी कमाएको थोरै पैसा जोहो गरेर चप्पल किनेर लगाउने गर्छन् ।
कक्षा ४ मा अध्यायन गर्ने सन्तोष चेपाङको हालत पनि उस्तै छ । खानेकुरा घरमा छैन । विद्यालयको खाजाका लागि आउने गरेको चेपाङ बालबालिका समस्यासँग जुधिरहेका छन् ।

 

चार कक्षा पढ्ने भए पनि उनीहरु ज्याला गर्न जान सक्ने कहलिन्छन् । ज्याला गर्न नपाएको दिन विद्यालय आउने विद्यार्थीको संख्या पनि बढ्छ। ज्याला गर्नु उनीहरुको बाध्यता र पेट पाल्ने आधारका रुपमा लिइएको छ ।

यी पात्रहरु प्रतिनिधि मात्र हुन् । प्रजा आधारभुत विद्यालयमा अध्यायन गर्ने १ सय १० विद्यार्थीमध्ये २५ जना विद्यार्थी हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर आउने गरेका छन् भने ७५ जना विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक अप्सरा मैनालीले जानाकारी दिनुभयो ।

घरमा खाने अन्न नभएका चेपाङ समुदायको बसोबास रहेको सिमथलीमा ७० घर छन्। छाप्रा बनाएर बसेको गाउँमा र विद्यालयमा खानेपानीसमेत छैन । विकासको सबै पूर्वाधारको पहुँचबाट टाढा रहेको सिमथलीबासीका लागि आयआर्जनको कुनै उपाय नभएपछि गाउँबासी ज्यालामजदुरी गर्न गाउँ छाडेर हिँड्ने र केही मानिस बच्चा भएकोले गाउँमै बसेर एक छाकको भरमा जीवन निर्वाह गरिरहेको कष्टकर जीवन देख्न सकिन्छ ।

 

नेपाल सरकारले २०३५ सालदेखि लागू गरेको प्रजा विकास कार्यक्रम र एनजीओहरुले गरेको विकासले नछोएको र उनीहरुको फोटोमात्र एनजीओको कार्यालयहरुमा पुगेको अवस्थामा गाउँको विकासमा लाग्ने हो भने गाउँबासीको आम्दानी हुने योजना स्थानीय सरकारले बनाएर मात्र सम्भव हुने प्रधानाध्यापक मैनालीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्