हत्या गरी फरार रहेका थिङ पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

हत्या आरोपमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा १९ वर्षीय धने भन्ने आरुष थिङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले थिङलाई मकवानपुर गढी १ पिडडाँडाबाट पक्राउ गरी मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरेको छ ।

धने, मान कुमार थिङ लगायतको टोलीले गत साउन २५ गते ललितपुर महानगरपालिका(९ गुहे पोखरीमा उदयपुर कटारीका ३३ वर्षीय हरी खड्कालाई कुटपिट गरी हत्या गरेका थिए। हरि ललितपुरको बालकुमारीमा डेरा लिएर बस्दै आएका थिए भने उनी मूर्ति बनाउने काम गर्ने गर्थे।

घटनासम्बन्धी थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

Skip This