होलीमा जबरजस्ती लोला हान्ने र रंग दल्ने ७ युवती पक्राउ


न्युज अफ नेपाल,काठमाडौैं ।

होलीमा जबरजस्ती रंग दलेर झगडा गरेको अभियोगमा ७ युवती सहित ६५ जना पक्राउ परेका छन् ।उपत्यकाका विभिन्न स्थानबाट ७ जना युवतीसहित अन्यलाई सोमबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा बलजफ्ती लोला हान्ने र समूहमा झगडा गर्दागर्दै पनि केही पक्राउ परेका छन् ।पक्राउ गरेको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा उनीहरुलाई राखिएको छ । साँझसम्ममा कसुरको गम्भीरता हेरेर उनीहरुलाई छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।