साउदीबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमणको आशंका


न्युज अफ नेपाल, काठमाडौँ ।

साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा कोरोनाको संक्रमण देखिएको आशंका गरिएको छ ।

त्रिभूवन विमानस्थलमा कोरोना परिक्षण गर्दा शंका लागेका उनलाई एयरपोर्ट हेल्थ डेस्कले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ । उनी मंगलबार राति ९ बजे साउदीबाट नेपाल फर्किएका थिए ।

विमानस्थलमा रहेको हेल्थ डेस्कमा इन्फाइराइड थर्मामिटरबाट उनको तापक्रम जाँच गरिएको थियो । जसमा उनको तापक्रम १०० डिग्री भन्दामाथि देखिएको थियो ।

उनलाई तत्काल नेपाल एम्बुलेन्स सर्भिसेजको एम्बुलेन्समा टेक पठाइएको थियो । यस्तै, मंगलबार कुवेत र कतारबाट आएका थप दुईजना व्यक्तिमा कोरोनाको आशंका गर्दै हेल्थ डेस्कले टेकु अस्पताल रिफर गरेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।