फेरि उकालो लाग्यो सुनको मूल्य, तोलाको कति ?

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

मंगलबार सुनको मूल्य तीन सयले बढेको छ ।

सोमबार प्रतितोला ७८ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तीन सयले बढेर ७८ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ७८ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १५ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।