न्युज अफ नेपाल, काठमाडौं ।
जबरजस्ती करणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत, सुनसरीमा हाजिर भएका छन् ।
उनीमथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएसँगै उनी भागेर भारत पुगेका थिए ।
यस्तै,१६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।
गिरीमाथि ४ कात्तिकमा आफ्नै अनुयायीलार्य सुनसरीको चतरास्थित आश्रममै बलात्कार गरेको अभियोग लगाइएको छ । एक महिलाले गिरीमाथि गत पौष महिनामा किटानी जाहेरी दिएकी थिइन् ।











प्रतिक्रिया