धम्की दिने पक्राउ



वासिंगटन, (एजेन्सी)।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसबाहिर राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्छु भन्दै धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उनी फ्लोरिडा निवासी २५ वर्र्षीय रोजर हेज्पेथ नाम व्यक्ति रहेका छन्।

वासिंगटनडीसी मेट्रोपोलिटन प्रहरीका अनुसार ती व्यक्ति ह्वाइट हाउसबाहिर रहेका अमेरिकी गुप्तचर सेवाका अधिकारीसमक्ष आएर आफू त्यहाँ ट्रम्पको हत्या गर्न आएको बताएको सञ्चार माध्यमले जनाएको छ।

उनलाई पक्राउ गर्ने गुप्तचर विभागका अधिकारीले ती व्यक्तिको मानसिक अवस्था ठीक नभएको जानकारी प्रहरीलाई दिएका छन्। उनको साथबाट चक्कु बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्