गरिबको नाममा दरबार



भ्याटिकन सिटी, (एजेन्सी)।

भ्याटिकन सिटीस्थित १९औंं सताब्दीको एक दरबारलाई गरिब तथा घरबारविहीनका लागि आश्रयस्थलमा परिणत गरेको छ। यो दरबार भ्याटिकनको सम्पत्ती हो।

हाल यसलाई पोपको आदेशमा घरबारविहीनहरुका लागि खोलिएको छ। बेडरुम, डाइनिङ रुम र अन्य सुविधायुक्त उक्त पलाजो मिग्लयोरी भवनलाई विलासी होटल बनाइँदै थियो।

तर पोप फ्रान्सिसले यसको सट्टा घरबारविहीनका लागि ढोका खुला गर्नुपर्ने बताए। उक्त दरबार १९ शताब्दीमा महिलाको धार्मिक समूहको मुख्यालय थियो। सन् १८०० मा निर्माण गरिएको उक्त दरबारमा १६ ठूला सयनकक्ष छन्। युवा एकल आमा र बच्चाको रेखदेखका लागि पनि प्रयोग हुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्