सार्सलाई उछिन्यो



बेइजिङ, (एजेन्सी)।

कोरोना भाइरसको संक्रमणका कारणले मर्नेको संख्याले आइतबार सन् २००३को सार्स महामारीको मृतकको संख्यालाई उछिनेको छ। चिनियाँस्वास्थ्य अधिकारीहरुले कोरोना भाइरस शुरु भएको हुवेई प्रान्तमा मात्र मृतकको संख्या ७ सय ८० पुगेको बताएका छन्।

चीनभरिमा अहिलेसम्म यसका कारण ज्यान जानेको संख्या ८ सय १३ पुगेको छ। सन् २००३ मा विश्वका दुई दर्जनभन्दा बढी मुलुकमा सार्स अर्थात् सेभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम र्फैलिंदा कूल ७ सय ७४ जना मानिसको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्