बस आगलागीमा ५ ठहरै



ओडिसा, (एजेन्सी)।

ओडिसाको गन्जाम जिल्लामा एक बसमा आगो लाग्दा ५ जनाको मृत्यु र अन्य ३० जना घाइते भएका छन्। बिजुलीको तारमा अल्झिएपछि बसमा आगो लागेको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

घाइतेमध्ये केहीको स्थिति गम्भीर रहेको बताइएको छ। उक्त बस जंगलपाडुबाट चिकाराडा गइरहेको प्रहरीले बताए। बाटोमा ११ किलोवाट पावर ट्रान्समिसन लाइनको सम्पर्कमा आएपछि उक्त दुर्घटना भएको हो।

बसमा सवार यात्रु एक गाउँमा विवाहमा सहभागी हुन गइरहेका थिए। स्थानीयले घटनास्थलमा पुगेर घाइतेहरुलाई बसबाट निकालेका थिए। घाइतेहरुलाई बहरामपुरको एमकेसीजी मेडिकल कलेजमा भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्