गाडी आक्रमण



जेरुसलम, (एजेन्सी)।

जेरुसेलममा बुधबार राति इजरायली सैनिकहरुमाथि निसाना बनाई गरिएको एक गाडी हमलामा १४ जना घाइते भएका छन्। उक्त हमलाका लागि प्यालेस्टिनी संगठन हमास जिम्मेवार रहेको बताइएको छ।

यो हमला अमेरिकाको विवादास्पद पश्चिम एसिया शान्ति योजनाको जवाफमा गरिएको बताइएको छ। जेरुसलमको चर्चित मनोरंजन स्थल बाहिर भएको उक्त हमलापछि गाडी चालक फरार भएका छन् र उनको खोजी भइरहेको जनाइएको छ।

हमला ओट्टोमन युगको ऐतिहासिक रेलवे स्टेसन ‘फस्ट स्टेसन‘ बाहिर राति भएको हो। घटनामा एकजना सैनिक गम्भिर घाइते भएको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्