ट्रेन दुर्घटना



मिलान, (एजेन्सी)।

इटालीको उत्तरी शहर लोडीनजिक बिहीबार एउटा तिव्र गतिको ट्रेन लिकबाट उछिटिँदा दुईजना व्यक्तिको ज्यान गएको आपत्कालीन सेवा निकायले जनाएको छ। मृत्यु हुनेमा दुवैजना ड्राइभर रहेका छन्।

घाइते हुने दुईजनामध्ये एक ट्रेनमा सफा गर्ने कामदार रहेको र दुवैका अवस्था खतरामुक्त रहेको बताइएको छ। सो ट्रेन मिालनबाट दक्षिणी शहर सालेर्नोतर्फ गइरहेको थियो।

उच्च गतिको मिलान–बोलोग्ना रेलमार्गका सम्पूर्ण सेवा स्थगन गरिएको छ। ३ सय किमि प्रतिघण्टाको वेगमा चल्ने यस्ता ट्रेन निकै सुरक्षित मानिन्छन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्