जासुसलाई फाँसी



तेहरान, (एजेन्सी)।

इरानको उच्च अदालतले अमेरिकी गुप्तचर निकाय सिआइएका लागि जासुसी गरेको अभियोगमा एकजना पुरुषलाई मृत्युदण्ड दिइएको मंगलवार पुष्टि गरेको छ।

अदालतका प्रवक्ता घोलाम होस्सेन इस्मालीले आमिर रहिमपोर नामक ती व्यक्तिले इरानको परमाणविक कार्यक्रमबारे अमेरिकालाई सूचना बेचेर थुप्रै पैसा कमाएको बताएका छन्।

उनले अन्य दुईजना अमेरिकी जासुसलाई जनही जासुसी गरेबापत १० र राष्ट्रिय सुरक्षाविरुद्ध अपराध गरे बापत ५ वर्ष कारावास सजाय तोकिएको बताएका छन् तर इस्मालीले ती दुईजनाको पहिचान खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्