जुमालाई पक्रन आदेश



जोहनेसबर्ग, (एजेन्सी)।

दक्षिण अफ्रिकी अदालतले पूर्व राष्ट्रपति ज्याकोब जुमालाई पक्राउ गर्न आदेश दिएको छ। भ्रष्टाचारको मुद्दामा आफूलाई निर्दोष देखाउन नसकेपछि भ्रष्टाचारविरुद्ध सरकारले कारवाही सशक्त बनाइरहेको वेला अदालतले उक्त आदेश दिएको हो।

सन् २०१८ फेब्रुअरीमा राष्ट्रपति पदको शपथ लिएका सिरिल रामाफोसाले भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

तर राष्ट्रिय ढुकुटी अपचलन गरेकोमा पक्राउ परेका ९ वर्ष सत्तामा रहेका आफ्ना अग्रज जुमा पहिलो उच्च पदस्थ हुन्। देशका सञ्चार माध्यम तथा रेडियो छलफल कार्यक्रमहरूमा लगातार कानुनी राज्यको माग हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्