इमरानको ढाडस



क्लालालम्पुर, (एजेन्सी)

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मलेसियाबाट हुने पाम तेलको आयातमा बृद्धि गर्ने बताए। काश्मिर मामिलामा मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले भारतीय नीतिको आलोचना गरेपछि भारतले त्यहाँको पाम तेल आयात बन्द गरेको थियो।

भारत मलेसियाबाट सबैभन्दा धेरै पाम तेल आयात गर्ने देश हो। इमरानले भने– मलेसियाले काश्मिरमा पाकिस्तानको समर्थन गरेमा पाम तेल किन्न बन्द गर्ने धम्की भारतले दिएको छ।

हामी मलेसियाबाट पाम तेल आयात बढाउने छौं, यसले मलेसियालाई कम मात्र नोक्सान हुनेछ। भारतले पाम तेल आयातमा रोक लगाउने धम्की दिए पनि औपचारिक रूपमा प्रतिबन्द लगाएको छैन।

प्रतिक्रिया दिनुहोस्