पुर्व राष्ट्रपतिको निधन



नैरोबी, (एजेन्सी)।

केन्याका पूर्व राष्ट्रपति डानियल आराप मोइको ९५ वर्षको उमेरमा मंगलवार निधन भएको छ। राष्ट्रपति उहुरु केन्यात्ताले उनको निधनमा समवेदना प्रकट गर्दै राष्ट्रले एक महान् व्यक्ति गुमाएको बताएका छन्।

मोइ केन्याको सबैभन्दा लामो समयसम्म सत्तामा रहने राष्ट्रपति हुन्। २४ वर्षसम्म सत्तामा रहेका उनलाई सन् २००२ मा व्यापक दबाव दिएर सत्ता त्याग्न बाध्य बनाइएको थियो।

अनियन्त्रित भ्रष्टाचारलाई तह लगाउन सफल उनलाई विपक्षीहरूले भने अधिनायकवादी शासकको दर्जा दिने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्