सरोज यादव, विराटनगर।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत झुम्का इनरुवा सडक खण्डको तित्रिबनमा हाईस र बस आपसमा ठोक्किंदा ४ जनाको मृत्यु भएको छ ।काठमाडौँ हिंडेको बा ५ ख ३१५७ नम्बरको हाईस र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

थप एक जनाको उपचारको क्रममा ज्यान गएको छ भने घाइते ३ जनाको अवस्था गम्भिर रहेको सुनसरी प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा हाईसका चालक धादिङ घर भएका दिपक खड्कासहित भद्रपुरका हेमराज कोइराला र उहाँकी श्रीमती डोलमाया कोइराला रहनु भएको छ ।

उहाँहरुको घटनास्थलमै ज्यान गएको हो भने घाइते गरिमा गौतमको उपचारको क्रममा धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसमा सवार ३ जना सहित १४ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

होमबहादुर कार्की, टंकप्रसाद काफ्ले र सावित्री राईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, एपेक्स हस्पिटल इटहरी र गोल्डेन हस्पिटल बिराटनगरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । खुल्ला सडकमा तीव्रगतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।












प्रतिक्रिया