भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज मेला’, १० लाखसम्म छुटको अवसर


काठमाडौं ।

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ। कात्तिक १२ देखि १८ गतेसम्म सञ्चालन हुने मेलामा पुराना दुईपाङ्ग्रे सवारीसाधन साटेर नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिनेछ।

मेलामा ग्राहकले पुरानो सवारीसाधनको मूल्यांकन गराई नयाँ सवारीसाधन खरिद गर्दा विभिन्न छुट तथा सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

मेलाको मुख्य आकर्षणका रूपमा ‘टीभीएस गोल्डेन की अफर’ राखिएको छ। यसअन्तर्गत ग्राहकले सवारीसाधनको खरिद मूल्यको शतप्रतिशतसम्म नगद फिर्ता, गोल्डेन की वा १० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्ने अवसर पाउने कम्पनीको भनाइ छ।

त्यस्तै, मेलाको अवधिमा हरेक दिन दुई जना भाग्यशाली ग्राहकले पाँच वर्षसम्म निःशुल्क मर्मतसम्भार सेवा प्राप्त गर्नेछन्।

पुराना मोटरसाइकल तथा स्कुटरको उचित मूल्यांकनका लागि मेलामा ५० जनाभन्दा बढी अनुभवी मूल्यांकनकर्ता परिचालन गरिने कम्पनीले जनाएको छ। यसबाट ग्राहकले आफ्नो पुरानो सवारीसाधनको मूल्यांकन गराई नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै मेलामा नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा सहज रूपमा कर्जा प्रक्रिया अघि बढाउने व्यवस्था पनि गरिएको छ। यद्यपि, कर्जा प्राप्ति सम्बन्धित वित्तीय संस्थाको योग्यता तथा सर्तमा निर्भर रहनेछ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले मेलामार्फत ग्राहकलाई आकर्षक मूल्यांकन, विशेष छुट तथा सहज कर्जा सुविधा एकै स्थानमा उपलब्ध गराउने उद्देश्य रहेको बताए। उनले नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि मेला उपयोगी अवसर हुने विश्वास व्यक्त गरे।

कम्पनीका अनुसार आकर्षक छुट, विशेष पुरस्कार, पुराना सवारीसाधनको मूल्यांकन र सहज कर्जा सुविधाका कारण मेला नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि अवसर बन्नेछ।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालि सन् २०१५ देखि नेपाली बजारमा सक्रिय छ। कम्पनीले टीभीएसका मोटरसाइकल तथा स्कुटर बिक्री गर्नुका साथै बिक्रीपछिको सेवा पनि प्रदान गर्दै आएको छ।