विश्वविद्यालयको अनुदान आयोगको सदस्यमा बास्कोटा र माकाजु



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्यमा नियुक्ति गरेको छ । नियुक्ति हुने सदस्यमा त्रिभुवन विश्वविद्यालका उपकुलपति धर्मकान्त बास्कोटा र काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजु रहनुभएको छ ।

रिक्त सदस्यलाई मन्त्री परिषद्को निर्णय अनुसार नियुक्त गरिएको सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्