कर तिर्नु हरेक नागरिकको दायित्व होः अर्थमन्त्री खतिवडा


न्युज अफ नेपाल, काठमाडौँ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्व भएको बताउनुभएको छ । ७८ औँ भन्सार दिवसका अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्व भएको बताउनुभएकाे हाे । उहाँले कोही कसैलाई दुःख दिने भन्दा सरकारले नीतिनियम र कानूनमा रहेर आफ्नो भूमिका निर्वाह गर्नेपर्ने समेत बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले भन्नुभयो– ‘राजश्वको लक्ष्य पूरा गर्न अनावश्यक रुपमा सरकार लाग्दैन तर नियम कानूनको कार्यान्वयनमा भने कडा रुपमा प्रस्तुत हुन्छ।’ सरकारले भन्सार राजस्व भन्दा पनि आन्तरिक राजस्व उठाउन जोड दिएको अर्थमन्त्री खतिवडाले प्रष्ट पार्नुभयो ।

Skip This