न्युज अफ नेपाल, काठमाडौं ।
राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा बागमती प्रदेशबाट नेकपाका उम्मेदवार विजयी हुनुभएको छ । राष्ट्रियसभा सदस्य पदका लागि आज भएको निर्वाचनमा बागमती प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) उम्मेदवार बेदुराम भुषाल र गंगा बेलबासे विजयी हुनुभएको हो । भुसालले ६ हजार ८ सय १० मत का साथ विजयी हुनु भएको हो भने बेलबासेले ६ हजार ८ सय ६८ मत साथ विजयी हुनु भएको हो ।