बाह्रबिसेमा डोजर चल्यो (भिडियोसहित)



नानीराम नेपाल,सिन्धुपाल्चोक ।

शुक्रबार बिहान बाह्रबिसे बजारमा डोजर चलेको छ । यसअघि पटक पटक सडक अतिक्रमण गरि बनाइएका घर टहरा भत्काउने सार्वजनिक सूचना भएपनि व्यवहारत कार्यान्वयन हुन सकेको थिएन ।

यसपटक भने बाह्रविसे नगरपालिकाले बजार क्षेत्रमा सडक अतिक्रमण गरि बनाइएका घर टहरा शुक्रबार भत्काइदिएको हो । माघे झरी, बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा छाता ओढेरै सडकमा निस्किए ।उनीसँगै वडाध्यक्षहरु, कर्मचारी र प्रहरी ड्युटीमा तैनाथ थिए ।

भीडभाडकाबीच ट्राफिक प्रहरी बर्षादी लगाएर सडक जाम खुलाईरहेका थिए । ‘सडक अतिक्रमण गरि बनाइएका घर टहराले बजारक्षेत्र कुरुप बन्यो, सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ’, बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा भन्दैथिए, ‘सुन्दर र सुरक्षित बाह्रविसे निर्माणको उदेश्यले सडक अतिक्रमण गरि बनाइएका घर टहरा भत्काएका हौं ।

बिहान ८ बजेदेखी घर टहरा भत्काउन सुरु गरिएको थियो । बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र छेउबाट घर टहरा भत्काउन सुरु भइरहँदा कतिपय स्थानीयले अवरोध गरे भने कतिपयले समय माग गरि स्वयंले आफ्ना संरचना सुरक्षितसाथ भत्काउने बताइरहेका थिए ।

स्थानीयको अवरोधको प्रवाह नगरी प्रहरी प्रशासनको सहयोगमा बाह्रविसे नगरपालिकाले अतिक्रमण गरि निर्माण भएका संरचना भत्काउन सुरु गर्यो ।‘स्थानीय बजारबासीकै हितका लागि यो अभियान सुरु गरिएको हो, बजार सुन्दर र सुरक्षित हुँदा बजारवासीलाई नै फाईदा हुने हो’, प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौड्यालले भने ।

सडक अतिक्रमण गरि बनाएइका घर संरचनाकै कारण बाह्रविसे बजारमा दैनिकजसो सवारी जाम हुँदै आएको थियो । बजारक्षेत्रको सडकमा निर्माण गरिएका घर टहरा हटाउँदा सवारी दुर्घटनाको जोखिम स्वत कम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक राजेशकुमार दाहालले बताए ।

हेर्नुहोस् भिडियोसहित…

 

प्रतिक्रिया दिनुहोस्