तनहुँमा प्रहरीको मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, १५ घाइते, ४ काे अवस्था गम्भीर



न्युज अफ नेपाल, काठमाडौँ ।

तनहुँमा प्रहरीको मिनी ट्रक दुर्घटना भएको छ। देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको मिनी ट्रक दासढुंगापारि दुर्घटना भएको हाे ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ट्रकमा सवार अन्य १५ जना घाइते भएका छन् जसमा चार जना गम्भीर रहेका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेको प्रहरीले जनाएको छ ।

देवघाटको मेलामा थप मद्दतका लागि गएको पोखराको १ नम्बर गणका टोली फर्कंने क्रममा दुर्घटना भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्