अष्ट्रेलियामा ५ हजार बढी उँट हेलिक्प्टरबाट गोली हानी मारियो


न्युज अफ नेपाल, काठमाडौँ ।

अष्ट्रेलियामा पाँच दिनमा पाँच हजार भन्दा बढी उँटलाई गोली हानी मारिएको छ । खडेरीको कारण देखाउँदै अस्ट्रेलियाका अधिकारीहरूले “खतराको लागि तत्काल जवाफ” भन्दै पाँच हजार बढि ऊँटहरू गोली हानी मारेका छन् ।

आदिवासी अष्ट्रेलियालीहरूको एक स्थानीय सरकारी क्षेत्र पिट्जन्तजतारा यानकुनित्जतजारा (एपीवाई) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै हेलिकप्टरबाट पाँच हजार बढि उँटहरुलाई गोली हानि मारिएको जनाएको छ । उक्त क्षेत्रमा करिब २३ सय आदिवासी बसोबास गर्ने गर्दछन्।

खडेरीका कारण पानी खोज्दै ठूलो संख्यामा आएका उँटहरुले स्थानीयको घरमा नोक्सानी पुर्‍याउन थालेपछि आदिवासी समुदायले सरकारसँग उँट मार्न माग गरेका थिए।

उनीहरूको मागबमोजिम मंगलबारसम्म हेलिकप्टरबाट निशानेबाजले गोली हानेर पाँच हजार बढी उँट मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उँटका कारण भौतिक संरचना भत्किएको र सवारी दुर्घटना समेत बढ्न सक्ने जनाउँदै सरकारले उँट मारेको हो । उँटसँगै केही जङ्गली घोडाहरु समेत मारिने बताइएको थियो ।

पछिल्लो समय अष्ट्रेलियामा लागेको डढेलोका कारण बढेको खडेरीले गर्दा उँटहरु पानी खोज्दै शहर आएको बताइएको छ । उक्त डढेलोमा परी ५० करोड पशुपंक्षी समेत मरिसकेका छन् । अष्ट्रेलियामा सन् १८४०मा २० हजार उँट भारत, मध्यपूर्व, अफगानिस्तानलगायतका ठाउँबाट ल्याइएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।