युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने ‘बाबा शिवानन्द स्वामी’ पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ ।

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने बाबा शिवानन्द स्वामीका नामले परिचित दीपक भण्डारी पक्राउ परेका छन् ।

ठगी उजुरी परेपछि भण्डारीलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो । उनले विदेश पठाइदिने भन्दै चार जनासँग ३० लाख रुपैयाँ लिएका थिए ।

पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।