विद्यालय जाँदै गरेकी बालिका सामूहिक बलात्कृत



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको पटेर्वासुगौलीमा विद्यालय जाँदै गरेकी एक बालिका सामूहिक बलात्कारमा परेकी छन्।

पटेर्वासुगौली गाउँपालिका १ रंगपुरमा रहेको विद्यालमा पढ्न जाँदै गरेकी बालिकालाई आफ्नै छिमेकीले अपहरण गरी सामूहिक बलात्कार गरेका हुन्। १४ बर्षिया बालिकालाई स्थानीय गुलाब मिया र फिरोज अन्सारीले अपहरण गरी मोटर साईकलमा राखेर आफ्नो बढनियारमा रहेको कुखुरा फार्ममा पुर्याई बलात्कार गरेको पीडितले प्रहरी समक्ष बयान दिएकी छन्।

बालिकालाई उनीहरूले राति नै बलात्कार गरेर छाडेको पनि उनले बताएकी छन्। पीडित बालिकाको स्वास्थ्य परिक्षण गरिएको छ भने बलात्कार गरेको आरोपमा प्रहरीले गुलाव मियां चुरिहारलाई पक्राउ गरेको छ। अर्का अभियुक्त फिरोज अन्सारी भने फरार रहेका छन्।

घटनाका बारेमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्