इराकबाट थप ३० जना नेपालीलाई स्वदेश फर्काइँदै



न्युज अफ नेपाल, काठमाडौं ।

इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावास तथा अमेरिकी सैनिक बेस क्याम्पमा कार्यरत थप ३० जना नेपालीलाई स्वदेश फर्काइँदैछ ।

अमेरिकी आक्रमणमा परी इरानी उच्च सैन्य कमाण्डर जर्नेल कासिम सुलेमानीको मृत्यु भएपछि बढेको तनावका कारण उनीहरुलाई स्वदेश फिर्ता गर्न लागिएको हो । स्वदेश फर्काउन लागिएका आधिकांस नेपाली अमेरिकी सैनिक तथा दूतावासका उच्च पदस्थ अधिकारीको सहयोगीका रुपमा कार्यरत रहेका छन् ।

यसअघि पनि आइतबार र सोमबार दुई दिनमा सात जना नेपालीलाई स्वदेश फर्काइएको छ । त्यहाँ कार्यरत नेपालीसहित अन्य ८ सय विदेशी नागरिकलाई उनीहरुको मुलुक फर्काउने तयारी भइरहेको जनाइएको छ । मंगलबार मध्यान्नतिरनै उनीहरुलाई कुर्दिस्तानको इर्बिल पठाइएको थियो ।

अमेरिकी दूतावासले एक महिनाको तलबसहित हवाइ टिकटको व्यवस्था गरेर सबैलाई स्वदेश फर्काएको छ ।

प्रतिक्रिया दिनुहोस्