जिल्ला सभापतिहरुलाई देउवाको जवाफ ‘महाधिवेशनको कार्यतालिका परिवर्तन हुँदैन’



रामकृष्ण चापागाईं, काठमाडौं ।

नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले १४औं महाधिवेशनको कार्यतालिका परिवर्तन नगर्ने बताउनु भएको छ । यहि पुस ११ गते केन्द्रिय समितिले २०७७ फागुन ७ देखि १० गते सम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनीक गरेको थियो । महाधिवेशन गर्ने जस्तो महत्वपुर्ण निर्णय समेत बहुमतबाट गरेको भन्दै आलोचना गर्दै आएका जिल्ला सभापतिहरुलाई देउवाले यो मिति नसार्ने स्पष्ट पार्नु भएको हो ।

पार्टी केन्द्रिय कार्यालयमा तीन दिन सम्म परामर्श बैठक बसेका जिल्ला सभापतिहरुलाई विहिवार आफ्नै निवासमा बोलाएर सभापति देउवाले क्रियाशिल सदस्यता समेत पारदर्शी ढंगले वितरण गरिने बताउनु भएको छ । साथै उहाले जिल्ला सभापतिहरुलाई क्रियाशिल सदस्यता छानविन गर्न समिति समेत गठन गर्ने आश्वासन दिनुभएको काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले बताउनु भएको छ । १३औं महाधिवेशनमा नेता नरहरी आचार्यको संयोजकत्वमा क्रियाशिल सदस्यता छानविन समिति गठन गरिएको थियो ।

सभापति देउवाले पार्टी एकलौटी ढंगले सञ्चालन गरे भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगाएत संस्थापन पक्ष इतरका नेताहरुले तीन दिन सम्म जिल्ला सफापतिहरुसंग परार्मर्श गरि पुस ११ गते भएको केन्द्रिय समितिको निर्णय सच्चाउन माग गरेका थिए । ११ गतेको बैठकले क्रियाशिल सदस्यता वितरण सम्बन्धि विधानको केहिधारा निलम्बन गर्ने निर्णय पनि गरेको थियो । बहुमतद्धारा गरएको निर्णय नमान्ने भन्दै संस्थापन पक्ष इतरका नेताहरुले सभापति देउवा विरुद्ध मोर्चावन्दी गर्दै जिल्ला सभापतिहरुलाई राजधानी बोलाएर परामर्श बैठक राखेका थिए ।

परामर्श बैठकको निर्णय बारे जिल्लासभापतिहरुको तर्फबाट काभ्रे जिल्लाका सभापति आर्चाले केन्द्रिय सभापति देउवालाई जानकारी गराउनु भएको थियो । जिल्ला सभापतिहरुले पुस ११ गतेको निर्णय सच्चाउनु पर्ने, महासमितिले पास गरेको दुई वुदा महाधिवेशन प्रतिनिधि तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने र समावेशी र समानुपातिक कोटामा एक व्यक्तिले एकपटक मात्र अवसर पाउनु पर्ने विषयलाई केन्द्रिय समितिले उल्टाएको बारेमा पनि सच्चाउनु पर्ने बताएका थिए । साथै भागवण्डाको आधारमा नभै पार्टी भित्र योग्यता, क्षमता र निरन्तरताको आधारमा जिम्मेवारी बाडफड हुनुपर्ने माग पनि जिल्ला सभापतिहरुले राखेका थिए ।

सभापति देउवालाई जिल्ला सभापतिहरुले महाधिवेशनको कार्यतालिका सार्वजनीक भैसकेकोले निर्वाचन सम्बन्धि समिति बाहेक अन्य कुनै पनि समितिहरुमा मनोनयन नगरियोस भनि ध्यानाकर्षण पनि गराएका थिए । जिल्ला सभापतिहरु संग सभापति देउवाले फागुन ७ गते प्रजातन्त्र दिवस भएको र यो दिन काग्रेसको लागि विषेश महत्वको दिन भएकोले महाधिवेशन गर्ने कार्यतालिका २०७७ फागुन ७ बाट नसारिने बताउनु भएको थियो । देउवाको भनाई उदृढ गर्दै काभ्रे सभापति आचार्यले भन्नुभयो– तपाईहरु पनि समायोजन लगाएत जिल्लाका अधिवेशन समयमै सक्नुहोला, महाधिवेशन गर्ने दिने फागुन ७ नसारौं ।

महाधिवेशनको जोड घटाउका साथ काग्रेस भित्र आन्तरीक रुपमा गुट उपगुट बढ्दै गएको र विवादले उग्र रुप लिएको सन्दर्भमा सभापति देउवाले अहिले एकजा गरि जानुको विकल्प नभएको भन्दै आफु पार्टी भित्र सहमति सहकार्य गरी अघि बढ्ने जिल्ला सभापतिहरुलाई आश्वासन दिनुभएको थियो । सभापति देउवाले एकलौटी निर्णय गरेको भन्दै संस्थापन पक्ष इतरका नेताहरुले लगातार विरोध गरिरहेको बेला देउवाको यो आश्वासनले पार्टी सहमतिकासाथ अघि बढ्ने आशा पलाएको जिल्लासभापतिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्