बोलेरो र अटो दुर्घटना हुँदा तीनको मृत्यु, सात घाइते



न्युज अफ नेपाल,उदयपुर ।
उदयपुरका दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बुधबार साँझ ५ बजे उदयपुरको गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको स १ ह ३८११ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा त्रियुगा नगरपालिका–७ का २० वर्षीय सीमा दनुवारको मृत्यु भएको छ। उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो।

घाइते भएकी २० वर्षीया मन्दिरा बस्नेत, ६० वर्षीय गोविन्द कार्की र ३७ वर्षीया मञ्जु दनुवारको उपचार भइरहेको छ।

अटो चालक त्रियुगा नगरपालिका–४ का २८ वर्षीय होमबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ।

बुधबार साँझ पौने ६ बजे उदयपुरको ताप्ली गाउँपालिका–२ धपेनीस्थित भित्री सडक खण्डमा रामपुर झिल्केबाट कटारीतर्फ आउँदै गरेको मे १ ज २६६२ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

ताप्ली गाउँपालिका–२ लेकगाउँका २६ वर्षीय मिलन राई र झापा विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका ताप्ली गाउँपालिका–२ लेकगाउँका बाबु राई, रसमाया राई, मोतिलाल राईलाई उपचारका लागि विराटनगर लगिएको छ।

बोलेरो चालक सोही गाउँपालिका–१ ओख्लेका कोमलराज मगरको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्