उदयपुरमा जीप पल्टिदा दुई जनाको मृत्यु, चारको अवस्था गम्भीर



न्युज अफ नेपाल,उदयपुर ।

उदयपुरको ताप्ली गाउँपालिका–२ मा बुधबार साँझ जीप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्युु भएको छ । चार गम्भीर घाइते भएका छन् ।

ताप्ली गाउपालिकाको रामपुर झिल्केबाट बछाङ जाँदै गरेको मे १ ज २६६२ नम्वरको जीप दुर्घटनामा परेको हो ।
हुँदा सोही स्थानका २६ बर्षीय मिलन राई, झापा बिर्तामोडका ३३ बर्षका महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको हो ।

जीपमा सवार ताप्ली–२ का २७ बर्षीय बाबु राई ,४० बर्षीया रसमाया राई, ३२ बर्षीय मोतिलाल राई र बर्ष २१ का चालक कोमलराज मगर गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

हुस्सु ,कुहिरो ,घुमाउरो र साँघुरा कच्ची सडकका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्