लाख दिएर करोडको तम्सुक बनाउने रामबाबु राय यादव पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

घरजग्गा कब्जा गरेको आरोपमा राजपाका केन्द्रीय सदस्य यादवलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो ।

पीडितहरुले बुधबार गृहमन्त्रालयमा आएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग गुनासो गरेलगत्तै खनालको निर्देशनमा सर्लाही प्रहरीले यादवलाई पक्राउ गरेको छ । पक्राउ परेका यादवमाथि जनतालाई लाख ऋण दिएर करोडको तम्सुक बनाउने गरेको आरोप समेत लागेको छ ।

यादवसँगै तत्कालीन नयाँ शक्ति पार्टीका प्रदेशसभा उम्मेद्वार सञ्जय रौनियारले समेत ऋण दिँदा रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिने गरेको भन्ने उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्