बूढानिलकण्ठ कार दुर्घटना: नायिका परमिता राणाले गल्ती स्वीकार्दै माफी मागिन्



न्युज अफ नेपाल, काठमाडौं ।

गत मङ्सिर २८ गते बूढानिल्कण्ड नगरपालिका–५ बसपार्क नजिकै भएको दूर्घटनामा कारभित्र आफू सवार रहेको नायिका परमिता राणाले खुलाएकी छन् ।

राणाले फेसबुकमा स्टाटस लेख्दै उक्त घटना भएको बेलामा आफू कारमा रहेको जनाउँदै माफी मागेकी छन् । सो दुर्घटनामा बा १४ च ६१२३ नम्बरको कारले ठक्करबाट दिँदा पैदलयात्रु गोरखा घर भइ विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो । कारका चालक २१ वर्षीय पृथ्वी मल्ल अत्यधिक मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेका थिए । मादक पदार्थले मातिएका मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा पैदलयात्रु देवकोटाको मृत्यु भएको थियो ।

उक्त कारमा मल्लसहित करिश मास्के, एलिना थापा र अर्की एक जना युवती रहेको कुरा बाहिरिएको थियो । नाम नुलेकी उक्त युवती नायिका राणा रहेको कुरा जताततै फैलिएको थियो ।

यसबारे केही नबोलेकी राणाले फेसबुकमार्फत उक्त घटना हुँदा आफू त्यहाँ भएको जनाएकी छन् । उनले घटना पश्चात आफू निकै डराएको हुँनाले यसबारे केही नबोलेको हुँदा स्टाटस लेख्दे माफि मागेकी छन् । दुई वर्षको हुँदा कार दुर्घटनामा बुबा गुमाएकी परमिताले बुबा गुमाउँदाको पीडा र क्रोधका साथ बाँचिरहेकाले पुरानो घटना स्मरण गर्दै आफूले सो स्टाटस लेखि घटना हुँदा आफू कारमा रहेको जनाकारी दिएको बताएकी छन् ।

उनले लेखेकी छन् ‘ हामी चार जनाले गरेको मूर्खतापूर्ण निर्णयले एक जना निर्दोषको ज्यान गएको छ । म चाहन्छु कि यो सत्य नभइ एक डरलाग्दो सपना होस्, तर म पनि कारभित्रको एक यात्रु थिएँ ।’

उनले घटनामा कसैको ज्यान गएको भन्ने कुरा घर पुगेर मात्र थाहा पाएको बताएकी छन् । घटनालगत्तै आफूले के गर्ने भन्ने सोच्नै नसकेको उनले स्टाटसमा उल्लेख गरेकी छन् । उनले पीडित परिवारकै पक्षमा आफू पनि उभिएको बताउँदै बुबाको निधन भएको स्मरण गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्