सिंचाइमन्त्री पुनद्वारा दुधकोशी विद्युत् आयोजनास्थलको निरीक्षण



न्युज अफ नेपाल, काठमाडौँ ।

उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले दुधकोशी जलासययुक्त विद्युत् आयोजनास्थलको निरीक्षण गर्नुभएको छ।

सिंचाइमन्त्री पुनले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सीमानामा बन्न लागेको ६ सय ३५ मेगावाटको उक्त आयोजनास्थलको मंगलबार निरीक्षण गर्नुभएको हो।

निरीक्षणपछि खोटाङको रावाबेसी गाउँपालिकामा आयोजित कार्यक्रममा मन्त्री पुनले हाल आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अन्तिम चरणमा रहेको जानकारी दिँदै अध्ययन सकिनेबित्तिकै सरकारले दुधकोशीलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने जानकारी दिनुभयो।

१ अर्ब ५२ करोड अमेरिकी डलर ९झण्डै १ अर्ब ६० अर्ब० लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दुधकोशी आयोजनाका लागि एसियाली विकास बैंक ९एडिबी० ले ६० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

सिंचाइमन्त्री पुनले भन्नुभयो– ‘सरकार आयोजनाको बाँकी लगानी जुटाउन स्वदेशी र विदेशी कम्पनीसँगको परामर्शमा रहेको छ ।‘

उहाँले भन्नुभयो– ‘तुलनात्मक रुपमा सस्तो आयोजना भएकाले ओखलढुंगा र खोटाङका स्थानीय तथा प्रदेश सरकार र प्रभावित क्षेत्रका बासिन्दासमेत इच्छुक भए उनीहरुका लागि लगानीको वातावरण मिलाउन सरकार तयार रहेको छ।‘

मन्त्री पुनले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सडकमा ल्याएर काम गर्ने पक्षमा सरकार नरहेको भन्दै प्रभावितलाई उचित मुआब्जा, क्षतिपूर्ति र पुनर्बासको व्यवस्था मिलाइने प्रतिबद्धता जनाउनु भयो।

सरकारले दुधकोशी आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ। अध्ययन सकिएपछि राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिने मन्त्री पुनले जानकारी दिनु भयो । सरकारले जनतालाई घरबारविहीन बनाएर आयोजना बनाउँदैन। प्रभावितलाई उपयुक्त मुआब्जा र पर्याप्त अवसर सिर्जना गर्न सरकार तयार रहेको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्