साढे ४ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ



न्युज अफ नेपाल, वीरगञ्ज ।

हुण्डीमा संलग्न रहेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी पूर्वी चम्पारण रक्सौल बस्ने ४९ वर्षीय राजु कुमार श्रीवास्तव रहेका छन् ।

वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट मंगलबार दिउँसो पक्राउ परेका श्रीवास्तवको साथबाट ४ लाख ४५ हजार अवैध नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बीआर ०१ सिके ९७९६ नम्बरको स्कुटरमा भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका उनले रकमको स्रोत खुलाउन नसकेको कारणले गर्दा उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्