पूर्व माओवादी निकट प्राध्यापकले भेटे प्रचण्ड



न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको मनपरी नियुक्तिको विरोधमा उत्रिएका नेकपा भित्रका पुर्व माओवादीका प्रध्यापकले नेकपाका अध्यक्ष पुष्पकमला दाहाल प्रचण्डसंग भेट गरेका छन् ।

पदाधिकारी नियुक्तिमा मनपरी गरेको र आफ्नो पाटी निकटलाई रजिष्ट्रारमा नियुक्ति गरेपछि आगो भएका तत्कालिन माओवादी निकट राष्ट्रिय प्राध्यापक संगठनधका प्राध्यापकले चार दिन अघि प्रचण्ड समक्ष भेट गरेका थिए । भेटका अवसरमा उनीहरुले पुर्व एमाले निकट उपकुलपतिले त्रिविमा मनपरी गर्न थालेको, आफु निकटलाई मात्र नियुक्ति गर्न थालेको बताएका थिए ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेकपाका अध्यक्ष दाहालले यो विषयमा आफु गम्भीर भएको बताउदै तत्काल अर्का अध्यक्ष , प्रधानमन्त्री एवं त्रिविका कुलपति समक्ष कुराकानी गर्ने बताउनुभएको थियो । म चितवन भएको बेला नियुक्ति गर्नुभएको रहेछ, अब नियुक्ति गर्दा छलफल गरौला भन्नुभयो–प्रचण्डका भनाई उदृत गर्दै एक प्राध्यापकले नेपाल समाचारपत्रसंग भन्नुभयो । उपकुलपति बास्कोटाले रजिष्ट्रारमा प्राडा पेशल दाहाललाई नियुक्ति गरेपछि आक्रोशित भएका पुर्व माओवाली प्रध्यापकले रेक्टरमा राष्ट्रिय प्राध्यापक संगठनका प्राध्यापकलाई नियुक्ति गर्नुपर्ने बताएका छन् ।

भेट गर्न गएका प्राध्याकपले अन्य विश्वविद्यालयका उपकुलपति नियुक्ति गर्दा चनाखो हुनुपर्ने बताएका थिए । प्रचण्डसंग भेट गरे लगत्तै संगठनले उपकुलपति बास्कोटासंग कुराकानी गरेका थिए । कुराकानीको क्रममा उपकुलपति बास्कोटाले मिलेर जानुके विकल्प नभएको बताउनुभएको एक प्राध्यापकले जानकारी दिए । उँहासंग टेलिफोनमा भएको कुराकानीमा अन्य पदाधिकारीको नियुक्ति गर्नु अघि तपाईहरुले माथी कुरा गर्नुस भन्नुभएको थियो ।

अधिकांस एकल निर्णय गर्न खप्पिस उपकुलपति बास्कोटाले हालसम्म दुई संगठनलाई मिलाएर लैजान सक्नुभएको छैन । उँहाले हालसम्म कुनैपनि देखिने काम गर्न नसक्नुभएको उहा निकट कर्मचारीकै आरोप छ । उँहाले जे गदौपनि मिलाएर जान्छौ, भन्नुहुन्छ तर एकलौटी रुपमा पेल्न खोज्नुहुन्छ एक कर्मचारीले न्युज अफ नेपालसंग संग भने ।

प्रतिक्रिया दिनुहोस्