२ हजार घुससहित मालपोतका नायव सुब्बा पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

साँखुस्थित मालपोत कार्यालयका नायव सुब्बा रामेश्वर कुइँकेल घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।

लेखापढी व्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत २ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटेको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान चलिरहेको टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्