बस दुर्घटनामा परी कांग्रेस नेताको मृत्यु, १८ घाइते



न्युज अफ नेपाल, जलेश्वर ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका ५ स्थित टुटेश्वर चोकमा मंगलबार बिहान बस दुर्घटना भएको छ ।

दुर्घटनामा परी महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय पाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ ।

काठमाडौंबाट जादै गरेको ना५ख ६४११ नम्बरको बस रोकिराखेको ना४ख ५८१३ नम्बरको ट्रकमा गएर ठनेक्किदा सो दुघृटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएर राएका उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी कांग्रेसकै नेता तथा कार्यकर्तासहित अन्य १८ जना सर्वसाधारण यात्रु घाइते भएका छन् । घाइते १८ जनाको बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटना के कारणले भएको भन्ने विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले बतायो ।

प्रतिक्रिया दिनुहोस्