अवैध रूपमा नेपाल छिरेका १ तिब्बती र ४ भुटानी बिरगञ्जबाट पक्राउ



वीरगञ्ज ।

अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती र ४ भुटानी नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।बा ५ ख २३८८ नम्बरको नेपाल–भारतमैत्री बसमा सवार १ तिब्बती र ४ भुटानीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु भारतको बोधगयाबाट काठमाडौं जान लागेको बसमा बसेका थिए ।४० जनामध्ये १ तिब्बती र ४ भुटानी राहदानीबिनै नेपाल छिर्न खोजेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार आवश्यक अनुसन्धान र कारबाही प्रक्रियाका लागि उनीहरूलाई अध्यागमन कार्यालय, वीरगञ्जमा बुझाइएको छ ।यसअघि गत असोजमा पनि नेपाल–भारतमैत्री बसबाट ३ हजार थान अवैध लागूऔषध बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्