सैन्य अड्डामा आक्रमण



नैरोबी, (एजेन्सी) ।

सोमालियाको इस्लामिक कट्टरपन्थी संगठन अल सबाबले आइतबार विहान केन्याको लामु काउन्टी स्थित अमेरिकी हवाइअड्डामा हमला गरे । हमलामा ७ लडाकु विमान र ३ वटा सैन्य बाहन नस्ट भएको बताइएको छ । यद्यपी आक्रमणका कसैको ज्यान गएको छैन ।

लामु काउन्टीका कमिस्नर इरुंगा मचारियाका अनुसार आक्रमण घटनामा ५ संदिग्धलाई गिरफ्तार गरिएको छ । केन्याको लामु काउन्टीको मन्दा बेमा अमेरिका र केन्याको संयुक्त सैन्य एयरबेस छ । उक्त सैन्य अड्डामा करिब १ सय अमेरिकी जवान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्