बुद्ध नेपाली, सिन्धुली । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरैभन्दा धेरै बाह्य पर्यटक भित्र्याउनका लागि सबैले पहल गर्नुपर्ने बताउनुभएको छ ।
भ्रमण वर्ष २०२० को उद्घाटन गर्न सिन्धुली आईपुग्नुभएका अध्यक्ष प्रचण्डले भ्रमण वर्ष सफल पार्दै २० लाख पर्यटक देशमा भित्राउनका लागी सवै राजनितिक दल, जनप्रतिनिधिहरु, कर्मचारी, बुद्धिजीवी लगाएत सवै नेपालीलाई पहल गर्नु आग्रह गर्नुभएको हो ।
पुर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले धार्मिक सांस्कृति महत्व बोकेको पुराना सांस्कृतिक सम्पदाले पर्यटक तान्न सघाउ पुग्ने हुनाले त्यसको संरक्षण र सम्वर्द्धन गर्न सरकार लाग्नुपर्ने समेत बताउनुभयो ।
उहाँले भ्रमण वर्ष २०२० ले देशको पर्यटन विकासमा अग्रणी छलाङ मार्ने बताउनुभयो । दुई ठूला धारका कम्युनिस्टको सरकार भएका बेलामा देश र जनातको पक्षमा काम जुटेको बताउनुभयो ।
देशको विकास गर्न र नेपालमा पर्यटक भित्र्याउनका लागि भ्रमण वर्ष मनाउन लागेको जनाउनुभयो । ‘सरकारले पर्यटन वर्ष मनाउने लक्ष्यका साथ यसको बुधबारबाट सुरु भयो। यो सरकारी अभियान सफल पार्नको लागि सबैले सहयोग गर्न आवश्यक हुन्छ’ उहाँले भन्नुभयो, ‘भ्रमण वर्ष महत्वपूर्ण कार्यक्रम हो। यसले नेकपाको विकासको मार्ग्चित्र समेत तय गर्छ।’ सरकारले यो भ्रमणवर्षमा १० बाट २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको समेत प्रष्टाउनुभयो ।
यस्तै शान्ति प्रक्रियाको वातावरण बनाउनका लागि आफूले ठूलो भूमिका खेलेको प्रष्टाउनुभयो । शान्ति प्रक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओली र आफू भएर लम्बिनीको बुद्धको शरणमा पुगेको समेत जनाए। उनले पृथ्वीनारायण शाहको प्रेरणाबाट आफूले आन्दोलन सुरु गरेको पनि उल्लेख गर्नुभयो।
उहाँले जनयुद्धका बेलामा आफूहरूसँग हेलिकोष्टरबाहेकका सबै साधन आफूसँग भएको खुलाला पनि गरे। सेना समायोजन प्रक्रियामा धेरै चुनौतिपूर्ण भएको र त्यो समायोजन गर्न आफूहरू सफल भएको बताउनुभयो ।
बृहत शान्ति सम्झौताका लागि स्व. पूर्व प्रधानमन्त्री गिरजाप्रसाद कोइरालासँग प्रतिपक्ष दलको प्रमुख हुँदा समेत आफूले अग्रणी भूमिका निर्वाह गरेको पनि स्मरण गर्नुभयो । उहाँले भ्रमण बर्ष सफल पार्न ऐतिहासिक सिन्धुलीगढीको पुनःनिर्माणमा सरकारको ध्यान जानुपर्ने बताउदै यसको निर्माणमा सरकारलाई झगझक्याउने बताउनुभयो ।













प्रतिक्रिया