पाहुनालाई न्यानो स्वागत गर्न आतुर छौँः अभिनेता हमाल


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय महोत्सवका रुपमा मनाउने सरकारको योजनाअनुरुप अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर ‘पर्यटन वर्ष २०२०’ को शुरुवात गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दै अभिनेता राजेश हमालले सबै नेपालीलाई अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिए । ‘नेपाली दिदीबैनी दाजुभाइहरुलाई अङ्ग्रेजी नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना’ हमालले भने ।

उनले पर्यटन वर्षलाई प्रवद्र्धन गरेका थिए । उनले नेपालको प्रकृति र वन्यजन्तु विश्वको आर्कषण भएको बताए ।

नेपाल सरकारले चासोका साथ लिएको ‘पर्यटन वर्ष २०२०’ को उद्घाटन समारोहबाट अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिँदै अभिनेता हमालले पर्यटन वर्षको शुरुवात गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी समेतको उपस्थितिमा दशरथ रंगशालामा बुधवार अपराह्न आयोजित भव्य समारोहमा हमालले सम्बोधन गर्दै नेपालीले पाहुनालाई न्यानो स्वागत गर्ने बताए । नेपालका पर्यटकीय गन्तव्यबारे उल्लेख गर्दै हमालले पर्यटकहरूलाई नेपाल भ्रमण गर्न आह्वान समेत गरे ।

सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउन शुरू गरेको हो ।